Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


उद्यमशीलताबाटमात्रै समृद्धि सम्भव : अध्यक्ष तिमिल्सिना


0
Shares

पर्वत, पुस २८ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्यमशीलतालेमात्रै देशले हासिल गर्न खोजेको समृद्धि सम्भव हुने बताएका छन् ।

शनिबार पर्वत उद्योग वाणिज्य संघको ३६औं साधारणसभामा बोल्दै अध्यक्ष तिमिल्सिनाले उद्यमशीलता बढ्नसकेमात्रै देशमा रोजगारी र आर्थिक अवसर सिर्जना हुने बताए ।

पर्यटन र कृषिको उत्पादनदेखि निर्यातसम्मका उद्यमहरुको विकास भए देशको मुहार फेरिने उनको भनाइ थियो ।

पूर्वाधार निर्माणका क्षेत्रमा धेरै काम भइरहेकाले आर्थिक वर्षको अन्त्यमा सरकारले गरेका कामको नतिजा आउने उनले उल्लेख गरे ।