काठमाडौं, पुस २८ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विद्युतीय बसको प्रयोगमा निजी क्षेत्रले पनि जोड दिनुपर्ने बताएका छन् ।
सरकारले विद्युतीय बस खरिद गर्दा भन्सारदर कम लगाएको भन्दै उनले निजी क्षेत्रलाई पनि विद्युतीय सवारी–साधन प्रयोगमा जोड दिएका हुन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४२औं वार्षिक साधारणसभामा मन्त्री महासेठले विद्युतीय सवारी वातावरणमैत्री भएकाले सरकारले यसको प्रयोगलाई जोड दिँदै आएको बताए ।
वैदेशिक व्यापारलाई सहज हुनेगरी भारत सरकारसँग नयाँ व्यापारिक पोर्टका लागि पनि कुरा भइरहेको उनले बताए ।
जनकपुर–जयनगर रेल अबको अढाइ महिनाभित्रै सन्चालनमा ल्याउनेगरी तयार गरिसकेको पनि उनको भनाइ छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले अटोमोबाइल क्षेत्रको भन्सार मूल्यांकन घटाउनुपर्ने बताएका थिए ।









प्रतिक्रिया दिनुहोस्