Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


संविधान कार्यान्वयनको ढोका खुल्यो : पूर्वराष्ट्रपति


0
Shares

शुक्रबार सुशील कोइराला मेमोरियल फाउन्डेसनले राजधानीमा गरेको कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको भन्दै प्रदेश र केन्द्रीय निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्वयन हुने बताए ।

स्व. सुशील कोइराला निष्ठावान नेता भएको भन्दै उनले प्रजातन्त्र र लोकतन्त्रका लागि गरेको योगदानको प्रशंसा गरे ।

सुशील कोइराला संविधानको पिता भएको भन्दै उनले आदर्शवादी नेताको जति प्रशंसा गरे पनि कमै हुने बताए ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले स्व. सुशील कोइरालाले जारी गरेको संविधान कार्यान्वयन गर्ने दायित्व नयाँ पुस्तामा आएको बताए ।

यस्तै, संविधानविद् विपीन अधिकारी, भीमार्जुन आचार्यलगायतले संविधान र कार्यान्वयनको अवस्थाकाबारेमा धारणा राखेका थिए ।

Skip This