१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


७० स्थानको परिणाम सार्वजनिकः कांग्रेस २५, माओवादी १३, फोरम नेपाल ११, राजपा १० मा विजयी


0
Shares

शुक्रबार दिउँसो साढे ३ घोषित परिणामअनुसार नेपाली कांग्रेस २५, नेकपा माओवादी केन्द्र १३, संघीय समाजवादी फोरम नेपाल ११ र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल १० स्थानीय तहको प्रमुख/अध्यक्षमा विजयी भएका छन् ।

यस्तै, नेकपा एमाले ८, नेपाल लोकतान्त्रिक फोरम २ र नेपाली जनता दल एक स्थानीय तहमा विजयी भएका छन् ।

पछिल्लो परिणामअनुसार सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा कांग्रेसका परशुराम चौधरी ३३९५ मतसहित विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकै मीना चौधरी २९४८ मतसहित विजयी भइन् ।

बाराको फेटा गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका अमिरीलाल प्रसाद ३६११ मतका साथ विजयी भएका छन् भने उपाध्यक्षमा पनि सोही पार्टीकी कमरुन खातुन २१६९ मतका साथ विजयी भएकी छन् ।

धनुषाको धनुषाधाम नगरपालिकाको प्रमुखमा का कांग्रेसका बालेश्वर मण्डल ४४७३ मतसहित विजयी भएका छन् भने उपप्रमुखमा पनि कांग्रेसकै विद्यादेवी भुजेल ४२०७ मतसहित विजयी भएकी छन् ।

सिरहाको सुखीपुर नगरपालिकाको प्रमुखमा नेकपा एमालेका रामअवतार यादव ६१११ मतसहित विजयी भएका छन् भने उपप्रमुखमा पनि एमालेकै रेनुदेवी साह ६०८६ मतसहित विजयी भइन् ।

महोत्तरीको रागोपालपुर नगरपालिका प्रमुखमा माओवादी केन्द्रका अशोककुमार मण्डल २९४४ मतसहित विजयी भएका छन् । उपप्रमुखमा माओवादी केन्द्रकै सीतादेवी साह २८९१ मतसहित विजयी भइन् ।