पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकमा २ नम्बर प्रदेशको चुनावी परिणामको समीक्षा गरिएको जनाइएको छ ।
यस्तै, आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनबारे पनि बैठकमा छलफल हुनेछ ।
एमालेले यही बैठकबाट प्रदेश र केन्द्रीय संसद निर्वाचनका लागि उम्मेदवार छनोटको नीति तय गर्ने पनि बताइएको छ ।
बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले २ नम्बर प्रदेशमा अनपेक्षित परिणाम आएको विषयमा छलफल भएको बताए । बैठक शनिबार पनि बस्नेछ ।









प्रतिक्रिया दिनुहोस्