
शुक्रबार राति पौन ९ बजेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस २८, नेकपा माओवादी केन्द्र १४, संघीय समाजवादी फोरम नेपाल १२ र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल १२ स्थानीय तहको प्रमुख/अध्यक्षमा विजयी भएका छन् ।
यस्तै, नेकपा एमाले ८, नेपाल लोकतान्त्रिक फोरम ३ र नेपाली जनता दल एक स्थानीय तहमा विजयी भएका छन् ।
पछिल्लो परिणामअनुसार रौतहटको दुर्गाभवानी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका अरुण साह र उपाध्यक्षमा कांग्रेसकै मञ्जुदेवी विजयी भएका छन् ।
रौतहटको वृन्दावन नगरपालिकाको प्रमुखमा कांग्रेसका रामस्नेही यादव र उपप्रमुखमा पनि कांग्रेसकै नूर जहाँ विजयी भएका छन् ।
यस्तै, बाराको विश्रामपुर गाउँपालिकाको अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका अमिरीलाल राउत र र उपाध्यक्षमा सोही पार्टीकी सुमित्रा देवी विजयी भएका छन् ।
महोत्तरीको भंगाहा नगरपालिकाको प्रमुखमा राजपाका सन्जीवकुमार साह र उपप्रमुखमा पनि राजपाकै गंगाकुमारीसिंह दनुवार विजयी भएका छन् ।
बाराको सिम्रौनगढ नगरपालिकाको प्रमुखमा कांग्रेसका विजय यादव र उपप्रमुखमा राजपाका रीता कुसहवा विजयी भएका छन् ।
सर्लाहीको बलरा नगरपालिकाको प्रमुखमा राजपाका अभय सिंह र उपप्रमुखमा पनि राजपाकै रामसखी देवी कुसहवा विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्