Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


एमाले अब मधेसबाटमात्र होइन, देशबाटै बढारिन्छ : दाहाल


0
Shares

शनिबार सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा गरेको कार्यक्रममा उनले ‘माओवादीको जित रोकिए परिवर्तन रोकिने’ भन्दै ‘माओवादीको विजययात्रा कसैले रोक्न नसक्ने’ दाबी गरे ।

माओवादी जति ओरालो लाग्नु लागिसकेको भन्दै उनले ‘प्रदेश नम्बर–२ को निर्वाचनले माओवादीले उकालोको पथ तय गरेको’ बताए ।

‘नेकपा एमाले अब मधेसबाटमात्र होइन, देशबाटै बढारिने’ भन्दै उनले ‘एमालेको खोक्रो राष्ट्रवादलाई जनताले चिरिदिएको’ बताए ।

निर्वाचनपछि संविधान कार्यान्वयन प्रक्रिया अगाडि बढेको भन्दै उनले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुट्न पनि कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेकाहरुलाई दाहालले स्वागत गरेका थिए ।

Skip This