
काठमाडौं, पुस २७ । कर्मचारी सन्चय कोषले सन्चयकर्ताको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत् सन्चयकर्ता औषधोपचार तथा घातक रोग बिमा योजना लागू गरेको छ ।
कोषले करिब ६ लाख आफ्ना सन्चयकर्ताका लागि राष्ट्रिय बिमा कम्पनीमार्फत् यो बिमा योजना लागू गरेको हो ।
गएको मंसिर १ गतेदेखि लागू गरिएको यो योजनामा हालसम्म ६ जनाले भुक्तानी दाबी गरेका छन् । बिमाको प्रिमियम कोषले नै तिरिदिएको छ ।
आफ्ना सबै सन्चयकर्ताका लागि २८ करोड ४७ लाख रुपैयाँ प्रिमियम तिरेको कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले जानकारी दिए ।
मिा योजनामा (दुर्घटना परी उपचार गराएको खर्च बाहेक) सामान्य औषधोपचारतर्फ एक महिना र घातक रोगतर्फ तीन महिना प्रतिक्षा अवधि राखिएको छ । यस अवधिपश्चात् भएको उपचार खर्चकोमात्र बिमा दाबी भुक्तानी हुने प्रवक्ता श्रेष्ठले बताए ।
घातक रोगमा हृदयाघात, क्यान्सर, पार्किन्सनलगायत १० प्रकारका छन् । कोषले सरकारी वा निजी जुनजुकै अस्पतालमा उपचार गराउँदा पनि बिमा रकम प्राप्त गर्नसकिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्