एनसेलले १६ महिनादेखि भाडा नबुझाएको दाबी जग्गाधनीको छ ।
घरधनीले टावरमा जाने बिजुली रोकेपछि नेटवर्क बन्द हुँदा त्यस क्षेत्रका हजारौं एनसेल उपभोक्ता मारमा परेका छन् ।
करिब १० वर्षअघि स्थापित एनसेलको टावरले यसअघि पनि भाडा नदिएको भन्दै जग्गाधनी राजीपुरका गौरीशंकर सापकोटाले पाँचपटक नेटवर्क अवरुद्ध गरेको बताए । यसपटक पनि सोही समस्या दोहोरिएको उनको भनाइ छ ।
जग्गाधनी सापकोटाले ५ हजार रुपैयाँका दरले १६ महिनाको करिब ८० हजार रुपैयाँ एनसेलले आफूलाई नदिएको दाबी गरेका छन् ।
भाडा तिर्नका लागि पटक–पटक आग्रह गर्दापनि एनसेलले कुनै वास्ता नगरेकाले नेटवर्क अवरुद्ध गर्न बाध्य भएको सापकोटाको भनाइ छ ।
एक हप्तादेखि एनसेलको नेटवर्क अवरुद्ध हुँदा कतिपयले नमस्तेको सिमको जोहो गर्न थालिसकेको बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्