Logo २ कार्तिक २०८३, सोमबार | Mon Oct 19 2026


डा.केसीले थाले १२औं आमरण अनशन, ‘सरकारले सबै सम्झैता तोडमोड गर्‍यो’


0
Shares

चिकित्सा शिक्षामा वेथिति रोक्न माग गर्दै आएका भएका प्रा.डा.केसी त्रिवि शिक्षण अस्पताल परिसरभित्रै अनशनमा बसेका हुन् ।

अनशन सुरु गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा उनले त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवदेनलाई तोडमोड गरी चिकित्सा शिक्षा ऐन पारित गर्न लागेको बताउँदै ११ औँ अनशनमा गरिएको सम्झैतालाई पनि तोडमोड गरेकाले फेरि अनशन बस्नुपर्ने अवस्था आएको बताए ।

उनले स्वास्थ्य शिक्षा सम्बन्धी उच्च मापदण्ड बनाउनुपर्ने, सरकारले तोकेको भन्दा १० लाख बढी शुल्क लिएको काठमाडौं विश्व विद्यालयको निर्णयलाई खारेज गरी सरकारले तोके वमोजिम एमबीबीएसका लागि ३५ लाख ५० हजार काठमाडौं भित्र र ४२ लाख ४५ हजार काठमाडौं बाहिरको लागि लागु गराउन माग पनि राखेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन अध्यापन गराउन सुुरु गर्ने गरी बजेट विनियोजन गराउन र डोटी , डडेल्धुरा ,धनुषा , महोत्तरी उदयपुर , पाँचथर तेह्रथुम आदि ठाउँमा तत्काल सरकारी मेडिकल खोल्ने विषय पनि उनले अनशनमा उठाएका छन् ।

Skip This