
अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३८, संघीय समाजवादी फोरम नेपाल २५, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल २४ र नेकपा माओवादी केन्द्र २१ स्थानीय तहको प्रमुख/अध्यक्षमा विजयी भएका छन् ।
त्यसैगरी, नेकपा एमाले १८, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएका छन् ।
अब जम्मा चार स्थानकोमात्र परिणाम आउन बाँकी छ । धनुषा, सर्लाही, महोत्तरी, रौतहट र सिरहाका सबै स्थानीय तहको मतपरिणाम आइसकेको छ ।
परिणाम आउन बाँकी स्थानमा बाराको कलैया उपमहानगरपालिका र बारागढी गाउँपालिका छन् । कलैयामा एमाले अगाडि छ भने बारागढीमा कांग्रेस अगाडि छ ।
सप्तरीको राजविराज नगरपालिकामा फोरम नेपाल अगाडि छ ।
पर्साको वीरगन्ज महानगरपालिकामा फोरम नेपालले अग्रता लिएको छ ।
घोषित पछिल्लो मतपरिणाममा बाराको कोल्हवी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका भरत भण्डारी विजयी भएका छन् । उपप्रमुखमा पनि एमालेकै सुनैना चौधरी विजयी भएकी छन् ।
धनुषाको सबैला नगरपालिकाको प्रमुखमा कांग्रेसका विजयशंकर शाह विजयी भएका छन् । उपप्रमुखमा भने माओवादी केन्द्रकी निलुदेवी कापर विजयी भएकी छन् ।
प्रतिक्रिया दिनुहोस्