Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


देशभरका अस्पतालमा पाँचौं दिन पनि ओपीडी सेवा ठप्प, बिरामी मारमा


0
Shares

नेपाल चिकित्सक संघको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालका ओपीडी सेवा ठप्प भएका हुन् ।

सरकारले चिकित्सकका मागप्रति सकारात्मक रहेको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरे पनि संघले त्यसलाई अस्वीकार गर्दै अस्पतालका सेवा प्रभावित बनाएको हो ।

संघले देशभरिका अस्पतालमा आपतकालिन कक्षबाहेकका सेवा बन्द गर्न निर्देशन दिएको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले माग पूरा नभएसम्म कुनै पनि हालतमा डाक्टर काममा नफर्कने अडान राखेका छन् । सरकारसँग सहमति भएपछि मात्र ओपीडी सेवा खुल्ने उनले बताए ।

चिकित्सकहरुको लापरवाहीले बिरामीको ज्यान जाने गरेका घटना बढेको भन्दै सरकारले जुन डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएको हो उसैबाट क्षतिपूर्ति भराउने गरी विधेयक बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि चिकित्सकहरु आन्दोलित भएका हुन् ।