
मंगलबार पदभारग्रहण गर्दै उनले नगरभित्र सडकसहित अरु आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने र ६ महिनाभित्र परिवर्तनको आभास दिलाउने बताए ।
सो उपमहानगरपालिकासँग जोडिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं–तराई–मधेस द्रुतमार्ग, विशेष आर्थिक क्षेत्र, वीरगन्ज–पथलैया अद्योगिक करिडोरजस्ता राष्ट्रिय विकासका एजेन्डालाई पनि अघि बढाउने गरी काम गर्ने प्रमुख पौडेललको भनाइ थियो ।
यसअघि, मंगलबारै निर्वाचन कार्यलयका प्रमुख भीमप्रसाद भुर्तेलले स्थानीय तह निर्वाचनबाट सो उपमहानगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।
यस्तै, प्रमुख पौडेलले नवनिर्वाचित वडासदस्यहरुलाई शपथ गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्