ताप्लेजुङ, पुस २७ । नेपाल टेलिकमले ताप्लेजुङमा ६ वटा नयाँ टावर थप गर्ने भएको छ ।
भौगोलिक रुपमा विकट मानिने ताप्लेजुङमा मोबाइल सेवालाई प्रभावकारी बनाउन चालू आर्थिक वर्षभित्रै टावर थप गर्न लागिएको टेलिकमले जनाएको छ । जिल्लाका विभिन्न ६ स्थानमा जिएसएम टावर निर्माण गरिने बताइएको छ ।
टेलिकमले तिरिङ्गे, लिङ्खिम, मेहेले, फूलवारी, साँवा र ढुङ्गेसाँघुमा टार निर्माण गर्ने तयारी गरेको हो । यी स्थानमा टावर निर्माण गरेपछि जिल्लाका ६० प्रतिशत नागरिक टेलिफोन सञ्चारको पहुँचमा पुग्ने नेपाल टेलिकम ताप्लेजुङले जनाएको छ ।
ताप्लेजुङमा हाल १३ वटा टावर सञ्चालनमा छन् ।









प्रतिक्रिया दिनुहोस्