
काठमाडौं, पुस २६ । जलविद्युत्का क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ ‘हिमालयन हाइड्रो एक्स्पो २०७५’ हुने भएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा एक्स्पो हुन लागेको हो ।
काठमाडौंको भृकुटीमन्डपस्थित प्रदर्शनीहलमा आगामी माघ ४ देखि ६ गतेसम्म मार्ट आयोजना हुन लागेको हो ।
एक्स्पोमा सहभागी भएर जलविद्युत् आयोजना अवलोकन गर्न चाहनेहरुलाई हेलिकोप्टरमार्फत् दोर्दी करिडोर, माथिल्लो मर्स्याङ्दी, सोलु करिडोरलगायत स्थानमा निर्माणधीन जलविद्युत् आयोजनाहरुको स्थलगत अवलोकन गर्ने व्यवस्थासमेत मिलाइएको आयोजकले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्