काठमाडौं, पुस २६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले नेपाल आयल निगममा सुधार आवश्यक भएकोमा जोड दिएका छन् ।
नेपाल आयल निगमको ४९औं वार्षिकोत्सवको अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री यादवले निगममा हुने अनियमित क्रियाकलापले जनतालाई प्रत्यक्ष मार पर्ने भएकाले यसमा सुधारको विकल्प नभएको बताए ।
उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले पनि निगमले धेरै पक्षहरुमा सुधार गर्नुपर्ने बताए ।
ग्राहकहरुलाई यथार्थ मूल्यमा इन्धन प्रदान गर्नका लागि निगमले तत्कालै स्वचालित मूल्य प्रणालीको विकास गर्नुपर्ने र भन्डारण क्षमता विस्तार गर्न आवश्यक रहेकोमा पनि उनले जोड दिए ।
निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले अहिलेकै अवस्थामा निगम रहन नसक्ने भन्दै पुनःसंरचना आवश्यक रहेको र सरकारले आफूलाई यसैका लागि ल्याएकाले निगमको ‘रिफर्म’ गरिछाड्ने प्रतिबद्धता व्यक्त गरे ।
आन्तरिकतर्फको हवाई इन्धनको भाउ घटाइयो
यसैबीच, निगमले आन्तरिकतर्फको हवाई इन्धनको भाउ घटाएको छ ।
निगमले आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले घटाएर ९४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
योसँगै वायुसेवा सन्चालकहरुले आन्तरिकतर्फको उडान भाडा पनि घटाउने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्