पाल्पा, पुस २६ । पाल्पाको पश्चिमी क्षेत्रका कृषकका लागि सुन्तला खेती आम्दानीको मुख्य स्रोत बन्न पुगेको छ ।
जिल्लाका छहरा, मुझुंग, मैनादी, भैरस्थानजस्ता गाउँका कृषकहरुले सुन्तला खेतीबाट मनग्गे आम्दानी गर्ने गरेका छन् ।
ती ग्रामीण बस्तीहरु सडक सञ्जालमा जोडिएपछि कृषक व्यावसायिकरुपमा सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् ।
कृषि विकास कार्यालयले जिल्लाको पश्चिमी क्षेत्रका गाउँलाई सुन्तला पकेट क्षेत्र घोषणा गरी प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन लागेपछि कृषकहरु उत्साहितसमेत भएका छन् ।
सो क्षेत्रमा तीन हजार रोपनी क्षेत्रफलभन्दा बढी जग्गामा सुन्तला र जुनारको व्यावसायिक खेती गरिएको छ ।
यहाँ अघिल्लो वर्ष दुई हजार ५०० मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यो वर्ष पाँच हजार मेट्रिकटनभन्दा बढी सुन्तला उत्पादन हुने अनुमान गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्