२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


अछाम कांग्रेसद्वारा उम्मेदवारको नाम सिफारिस, पूर्व गर्भनर समानुपातिकमा


0
Shares

मंगलसेन नगर समितिले अछाम क्षेत्र नं. २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि पुर्व सांसद रामबहादुर विष्ट, पुर्व पार्टी सभापति पुष्पबहादुर शाह, बलबहादुर कुँवर, गणेशबहादुर विष्ट, मानबहादुर रावल र यज्ञराज ढुंगानाको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा सामनुपातिकमा पूर्व गर्भनर डाक्टर तिलक रावल, हेमराज ढुंगाना र निर्मला रावल सिफारिसमा परेका छन् ।

प्रदेश सभाको प्रतक्ष्य निर्वाचनमा प्रेमसिंह रावल, चन्द्रप्रसाद ढुंगाना, पदमराज अधिकारी, नमबहादुर शाही, बलबहादुर विष्ट, डण्डप्रसाद भाट सिफारिसमा परेका छन् ।

प्रदेश सभाको समानुपातिकमा अञ्जु मल्ल, विपी रेग्मी, पुष्पराज भण्डारी, मन्सरा रावल, नमिता रावल, कम्मानसिंह नगार्जी, पुर्णा शाह, तिलु स्वार रहेका छन् ।

जिल्लाका साँफेबगर, पञ्चदेवल विनायक, कमलबजार नगरपालिका र चौरपाटी, मेल्लेख, बान्नीगढी जयगढ, रामारोशन, ढकारी, तुर्माखाँद गाउँपालिकाकाले सोही प्रकारले क्षेत्रीय समितिमा नामावली सिफारिस गरेको नेपाली कांग्रेस अछामले जानकारी दिएको छ । ढकारीमा आकांक्षीहरु निकै बढी भएपछि केही समय विवाद समेत भएको थियो ।

यस्तै नेपाली कांग्रेस कमलबजार नगरपालिकाको बैठक विभिन्न निर्णय गर्दै सकियको छ । प्रदेश सभा र प्रतिनिधि सभाका प्रत्यक्ष र समानुपातिक तर्फका आकाक्षी उम्मेदवारहरु छनोट गरिएका छन ।

प्रतिनिधि सभा गणेश बहादुर बिष्ट , देवराज देवकोटा, पुस्प शाह, राम बहादुर बिष्ट, बल बहादुर कुवर ,मान बहादुर रावल रहेका छन भने समानुपातिक कमल बि क र भुमिशण बजगाइं लाई सिफारिस गरिएको छ ।

प्रदेश सभामा यज्ञप्रसाद ढकाल, सुरत बहादुर बिष्ट, राम बहादुर शाही ,कर्ण बहादुर बुढा र समानुपातिक तर्फ अम्बिका थापा, दिल बहादुर धामी,तप्त बहादुर बिष्ट रहेका छन भने अर्कोमा सुरेन्द्र बहाफुर बिष्ट र पदमराज अधिकारी रहेका छन समानुपातिक पदम बहादुर भण्डारी , अन्जु मल्ल , नमिता रावल बिष्ट, विष्णु प्रसाद बजगाईं, पुर्णा शाहको सिफारिस गरिएको छ ।

१० वटै स्थानीय निकायबाट आएका सिफारिसलाई दुवै क्षेत्रीय कार्यसमितिले सोमबार छनौट गरेर जिल्ला कार्य समितिलाई सिफारिस गर्नेछ ।

मंगलबार कांग्रेस जिल्ला कार्य समितिको बैठक बसेर उम्मेद्वारका आकांक्षीहरुको नामावली केन्द्रमा पठाउने भएको उक्त पार्टीका जिल्ला उपसभापति चन्द्रप्रसाद ढुंगानाले जानकारी दिए ।

नेपाली कांग्रेसले आसन्न निर्वाचनमा आकांक्षी उम्मेद्वारहरुको नामावली असोज १७ गतेसम्म केन्द्रमा पठाइसक्नु पर्ने निर्देशन दिएको छ ।