
विदेशमा समेत उच्च माग रहेको अर्थोडक्स चिया खेतीमा लागत अनुसार मूल्य नपाउनु, श्रमिक अभावका साथै बैंकले लगानी बन्द गरेपछि चिया कृषक पलायन हुने अवस्थामा पुगेका हुन् ।
किसानले हरियोपत्ती टिप्ने, मलजल र काँटछाँट जस्ता बगान ब्यबस्थापनका काम गर्न छोडेपछि केही अघिसम्म मनै लोभ्याउने चियाका बुटा अहिले झाडीमा परिणत हुँदै गएका छन् ।
धनकुटाको हिले, पाख्रीबास, मूर्तिढुंगा, भीरगाउँ र परेवादिन लगायत धेरै स्थानको चियाको अबस्था अहिले उस्तै छ ।
न्यून मूल्यमा हरियो पत्ति बेच्नु पर्ने बाध्यता, श्रमिक अभाव र चियामा बैकहरुको शुन्य लगानीले किसानहरु चियाखेतिबाट टाढिन थालेको स्थानीय चिया कृषक गोबिन्द थापा बताउँछन् ।
धनकुटामा करिब १९ हजार रोपनी क्षेत्रफलमा चिया खेती गरिएको भएपनि दशक यता थप खेति बिस्तार हुन सकेको छैन ।
बर्षेनी चियाका लाखौं बिरुवा वितरण गर्दै आएको हिले स्थित चिया बिस्तार आयोजनामा हाल बिरुवा लिन कृषकहरु आउनै छोडेका छन् ।
आफुहरुले प्राबिधिक लगायतका सेवा प्रदान गदै आएपनि लागत अनुसारको चिया पत्तीले मुल्य नपाउदा कृषक हतोत्साहित भएको चिया बिस्तार आयोपना धनकुटाका प्रमुख रामएकवाल यादव बताउँछन् ।
चिया खेतिलाई ब्यबस्थित गर्दै उत्पादन, गुणस्तर र निर्यात बढाउने उदेश्य सहित राष्ट्रिय चिया निति २०५७ जारी भएको दुइ दशक बित्न लाग्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।
निति जारी भए उत्पादन बढ्नुको साथै कामदार मुल्य बजार लगायतकाृ समस्या समेत अन्त्य हुने थियो । तर हाल सम्म सो लागु हुन सकेको छैन ।
चिया उत्पादनलाई स्थाईत्व दिन बिभिन्न सहकारी समेत खोलिएका छन् । जसले केहि हद सम्म चिया उत्पादक किसानलाई राहत पुगेको चिया उत्पादक जिल्ला सहकारीका अध्यक्ष ईन्द्र सारु मगर बताउँछन् ।
निरास भएका किसान र उत्पादकलाई चिया खेतिमा पे्ररित गर्न राष्ट्रिय चिया नितिले अबलम्बन गरेका न्यूनतम ब्याजदरमा ऋण प्रवाह, बजार तथा ब्यपार प्रबद्र्धन, जनशक्ति र उद्योग विकासका साथै अब्यबहारिक कानुनी संरचनामा सुधार गर्ने जस्ता कुरालाई अविलम्व कार्यान्वयनमा ल्याउन आवश्यक छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
प्रतिक्रिया दिनुहोस्