
आज(मंगलबार) विहान बालुवाटारमा झण्डै एक घण्टा भएको छलफलमा अध्यक्ष दाहालले नेकपा एमालेसँग पार्टी एकीकरण एवं संघ र प्रदेशको चुनावमा हुन लागेको तालमेलका बारेमा प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।
दुबै नेताबीच संविधान संशोधन, आसन्न चुनाव र संसदमा पेश भएको विधेयकबारे पनि छलफल भएको थियो ।
पार्टी सचिवालयको बैठक सकिएलगत्तै दाहाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।
सचिवालय बैठकमा अध्यक्ष दाहालले पार्टी एकताका सम्बन्धमा भइरहेको छलफलबारे सदस्यहरुलाई जानकारी गराएका थिए ।
अधिकांश सचिवालय सदस्य एमालेसँगको तालमेलका पक्षमा रहेको नेता नारायणकाजी श्रेष्ठले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्