२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


वामपन्थी दलबीचको तालमेलले ल्यायो नयाँ तरङ्ग, अब के होला ?(भिडियो)


0
Shares

मुलुकका ठूला कम्युनिष्ट दल एमाले र माओवादी केन्द्रबीच आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको हो ।

आउँदो मंसिरका लागि घोषणा गरिएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा मुलुकका दुई ठुला वाम दलबीच तालमेल हुने भएपछि मुलुकको राजनीति तरङ्गित भएको छ ।

आगामी निर्वाचनका लागि तालमेल गर्ने मात्र नभई निर्वाचनपछि पार्टी एकिकरण गर्ने दुई दलले सहमति गरेका छन् ।

यसअघि पनि नेपालको राजनीतिक इतिहासमा मुलुकका कम्युनिष्ट पार्टीबीच पार्टी एकिकरणको बहस चल्ने गरेका थिए । तर, न तालमेलले हुन सकेको थियो नत एकिकरण नै ।

२०६२/६३ सालको आन्दोलनपछि पनि कम्युनिष्ट पार्टीबीच एकताको बहस नचलेको होइन् ।

तर, अहिले मुलुकका दुई ठुला वामदल नै एकिकरण गर्न गृहकार्यमा जुटेपछि भने कम्युनिष्ट पार्टीहरुबीच एकिकरण हुने संकेत देखिएको छ ।

नेपालमा क्रियाशिल कम्युनिष्ट पार्टीहरु सत्ता र व्यक्तिगत स्वार्थको लागि टुट्ने र फुट्ने गरेको भन्दै आलोचना हुने गरेको छ ।

हुन त २०६२/६३ सालको परिर्वतनपछि पनि विभिन्न समयमा सत्ता गठवन्धनको लागि एमाले र माओवादी केन्द्रबीच गठबन्धन नभएको होइन् ।

तर, सत्ताको लागि गरिएका ती गठवन्धन लामो समय टिकेनन् । अहिले पनि सत्ताको लागि दुई वाम पार्टीबिच गठवन्धन हुन लागेको हो कि भन्ने आशंका गर्नेहरु पनि छन् ।

तर, नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले माओवादीसंगको तालमेल र एकिकरण सत्ताको लागि नभई राष्ट्रियता र स्वाधिनताको लागि भएको जिकिर गरे ।

नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता टोपवहादुर रायमाझीले कुनै पार्टी र राष्ट्रविरुद्ध नभई वाम शक्तिहरुको नेतृत्वमा राष्ट्र सम्बृद्धिको अभियानको लागि एमालेसंग एकताको प्रक्रिया सुरु भएको बताए ।

दुई ठुला वाम दलले आगामी मंसिरमा हुने निर्वाचनको लागि तालमेल गर्ने र निर्वाचनपछि पार्टी एकिकरण गरेर अगाडी बढ्ने सहमति गरेका छन् ।

दुई दलले सबै वामपन्थी दलहरुसंग एकिकरण प्रयास जारी राख्ने सहमति समेत गरेका छन् । सहमतिसंगै डेढ वर्ष यतादेखिको दुई पार्टीबीचको तिक्त सम्बन्ध अन्त्य भएको छ ।

दुई कम्युनिष्ट पार्टीबीचको गठवन्धनसंगै डेड वर्षअघिदेखि सुरु कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धन संकटमा परेको छ ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)