१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


एमाले-माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेल र एकताको सहमति


0
Shares

पार्टी एकता र आगामी निर्वाचनमा तालमेल घोषणा गर्न राष्ट्रिय सभागृहमा आयोजित पत्रकार सम्मेलनमा माओवादी नेता एवम् गृहमन्त्री जनार्दन शर्माले तीन पार्टीबीच भएको एकीकरणको ६ बुँदे योजना सार्वजनिक गरे ।

पत्रकार सम्मेलनमा तीनै दलले चुनावमा गठबन्धन र चाँडै एकता गर्ने बताए । 

६ बुँदे सहमतिपत्रमा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।

तीनवटै पार्टीबीच एकता गरि देशको एउटै मुख्य कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्य रहेको सहमतिपत्रमा उल्लेख छ । पार्टी एकता गरी ‘एकीकृत कम्युनिस्ट पार्टी’ गठन गर्ने सहमति भएको हो ।

प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका निम्ति एमालेले ६० प्रतिशत र माओवादीले ४० प्रतिशत गरी सिट तालमेल गरेर लड्ने दुवै दलले सहमति गरेका छन् । नयाँ शक्ति पार्टीलाई आपसी सहमतिमा सिट दिने बताइएको छ ।

पार्टी एकताका निम्ति ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गरिएको छ । 

समितिमा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेब गौतम र ईश्वर पोखरेल छन् ।

माओवादी तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्। नयाँशक्ति तर्फबाट बाबुराम भट्टराई छन ।

आगामी चुनावपछि विधिवत एकता थालिने बताइएको छ । मंसिरको चुनावका निम्ति साझा घोषणापत्र बनाइने पनि बताइएको छ ।

पार्टी एकता नभएसम्म एकअर्काको विरोधमा नकारात्मक टिप्पणी नगर्ने सहमति भएको छ ।

baamp2

baamp1