२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


कांग्रेसले लोकतान्त्रिक गठबन्धनका लागि अरु दलसँग वार्ता गर्ने


0
Shares

कांग्रेस कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस बैठकले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबाहेकका पार्टीहरुसँग गठबन्धन गर्ने निर्णय गरेको हो ।

कांग्रेस बैठकले कम्युनिष्ट पार्टीहरुबीचको गठबन्धनले संविधान कार्यान्वयनलाई असर पर्नसक्ने निष्कर्ष पनि निकालेको बताइएको छ ।

कांग्रेस नेताहरुले बुधबारै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम नेपाल, राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग छलफल गर्ने भएका छन् ।