
स्थानीय चुनावमा नेपाली कांग्रेससँग तालमेल गरेको नेकपा माओवादी केन्द्र एकाएक नेकपा एमालेसित चुनावमा तालमेलसँगै पार्टी एकता गर्ने निर्णय गरेपछि यहाँको राजनीति ह्वात्तै तातेको हो ।
यसको प्रभाव गाउँगाउँसम्म परेको छ । काठमाडौंमा तीन वामपन्थी दलको एकताको घोषणा भइरहँदा कपिलवस्तुमा ठूलो संख्यामा विभिन्न पार्टी परित्याग गरी करिब एक हजार ५०० नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले कपिलवस्तुले मंगलबार पकडीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा निर्वाचित वडाध्यक्षसहित प्रभावशाली नेता एमालेमा प्रवेश गरेका हुन् ।
महाराजगन्ज नगरपालिका–१० का वडाध्यक्ष शैलेन्द्र चौधरी, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा ५ नम्बर प्रदेशका कार्यबाहक अध्यक्ष इसरार मोहम्मद खाँन, माओवादी केन्द्रका केन्द्रीय सदस्य विनोद चौधरी, राजपा नेपालका जिल्लास्तरका नेता जगन्नाथ कुर्मी, नवीन चौधरीलगायत नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
वडाध्यक्ष चौधरी स्वतन्त्रबाट निर्वाचित भएका थिए । पार्टी प्रवेशीलाई एमालेका सचिव प्रदीप ज्ञवालीले टीका लगाएर स्वागत गरेका थिए ।
सो अवसरमा छोटो मन्तव्य राख्दै उनले प्रदेश र संघको निर्वाचनमा जाँदा माओवादी केन्द्र पनि सूर्य चिह्न लिएर चुनाव लडेर देशव्यापीरुपमा केन्द्र र प्रदेशमा बहुमतको सरकार बनाउने दाबी गरे । रासस
प्रतिक्रिया दिनुहोस्