२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


कांग्रेस जाजरकोटमा सर्वसम्मत् उम्मेदवार


0
Shares

आगामी मंसिरमा हुने संघ र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नामावली सर्वसम्मतरुपमा टुंगो लगाइ केन्द्रीय कार्यालयमा बुझाएको जिल्ला सभापति दीपकजंग शाहले राससलाई जानकारी दिए ।

एकमात्र निर्वाचन क्षेत्र भएको जाजरकोटमा पार्टीको जिल्ला कार्यसमिति बैठकले संघमा राजीवविक्रम शाह तथा प्रदेशमा वेदराज सिंह र दीपकजंग शाहको नाम सिफारिस गरेको हो ।

कांग्रेसमा निर्वाचनका लागि उम्मेदवार चयन गर्न चुनौती देखिने गरेको सन्दर्भमा जाजरकोट कार्यसमितिले अन्य जिल्ला कार्यसमितिलाई सकारात्मक सन्देश दिने गरी सर्वसम्मत् निर्णय गरेको सभापति शाहले बताए ।

राजधानीमा भेटिएका सभापति शाहले ‘मुलुकमा वामपन्थी शक्तिहरु एक हुन लागेको वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसजनमात्र होइन, सम्पूर्ण लोकतान्त्रिक शक्ति एकढिक्का भएर निर्वाचनमा होमिनुपर्ने’ बताए । रासस