
कार्यदलमा कांग्रेसबाट नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा. मीनेन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा प्रजातान्त्रिकबाट विक्रम पाण्डे सदस्य रहेका छन् । त्यस्तै संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी रहेका छन् ।
कार्यदलको बैठक शुक्रबार विहान बस्दैछ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच मंगलबार चुनावी गठबन्धन र पार्टी एकताको पहलका लागि सहमति भएपछि कांग्रेसको नेतृत्वमा ६ दलले आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिको गठबन्धन बनाउन कार्यदल गठन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्