२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


संघीय समाजवादी फोरम र राजपा नेपालबीच गठबन्धन हुने


0
Shares

संघीय फोरम र राजपाले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा साझा उम्मेदवार दिने सहमति गरेका हुन् । नेपाली कांग्रेस नेतृत्वमा मधेशी दलसहितको लोकतान्त्रिक गठबन्धन बन्ने प्रक्रिया चलिरहेकै बेला दुई दलले यस्तो सहमति गरेका हुन् ।

यी दुबै दलले अरु गठबन्धनमा जानु परेमा पनि सँगै सहभागी हुने निर्णय गरेका छन् ।

फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संयुक्त विज्ञप्तिमार्फत गठबन्धन वा तालमेल गर्नु परेमा दुवै पार्टी संयुक्त रुपमा सहभागी हुने वा सहकार्य गर्ने जनाएका हुन् ।

आगामी प्रदेश सभा र संसदको निर्वाचनमा आपसी समझदारीका आधारमा दुबै पार्टीले संयुक्त भई साझा उम्मेदवारको रुपमा चुनावमा भाग लिने, उम्मेदवारी दिने र अरु राजनीतिक पार्टीसँग मोर्चा वा गठबन्धन तथा तालमेल गर्नु परेमा दुबै पार्टी संयुक्त रुपमा सहभागी हुने वा सहकार्य गर्ने सहमति गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।