२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


कर्मचारी समायोजन विधेयक पारित


0
Shares

बैठकमा सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले विधेयकका विशेषताकाबारेमा जानकारी गराउँदै संविधानको प्रावधानबमोजिम विधेयकमा कर्मचारी समायोजनको व्यवस्था गरिएकाले विधेयक पारित गर्न आग्रह गरेका थिए ।

बैठकमा जीवन परियार, चूडामणि विक जंगली, डिल्लीप्रसाद काफ्ले, मीना पुन, प्रेम सुवाल, रामहरि सुवेदी, रामहरि खतिवडा, रवीन्द्र अधिकारी र रुक्मिणी चौधरीले सबै कर्मचारीले सरकारले खटाएको स्थानमा जानैपर्ने व्यवस्था गर्नुपर्ने बताएका थिए ।

कर्मचारीले दलगतरुपमा नभइ राष्ट्रियस्तरको एकमात्र ट्रेड युनियन बनाउन पाउने प्रावधान विधेयकमा राख्न पनि उनीहरुले सुझाव दिएका थिए । रासस