२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


वाम तालमेल मुलुकको समृद्धिका लागि : ओली


0
Shares

सो पार्टीको काठमाडौं जिल्ला कमिटीले शुक्रबार राजधानीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वाम एकताबाट कोही आत्तिनु नपर्ने बताए ।

मुलुकलाई भ्रष्टाचारमुक्त र समृद्धिको बाटो डोर्‍याउन सबैका बल र बुद्धि आवश्यक भएकाले तालमेल गरिएको उनको भनाइ थियो ।

यही असोज १७ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल र निर्वाचनपछि पार्टी एकता गर्ने घोषणा गरिएको थियो ।

उनले भने–‘साधारण बहुमत त यसै (एक्लै) पनि आउने थियो तर समृद्धिको महाअभियानमा सबैलाई समेट्ने हाम्रो लक्ष्य हो ।’

कार्यक्रममा नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक नवराज सिलवाल, गायक सञ्जय श्रेष्ठ, नायक प्रकाश अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अकबर मोहम्मत गढी, नेपाली कांग्रेसका शत्रुघन राजभण्डारीलगायत एमालेमा प्रवेश गरे ।

नवप्रवेशीलाई अध्यक्ष ओली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, उपत्यका इन्चार्ज सानुकुमार श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईलगायतले स्वागत गरेका थिए ।

पूर्वप्रहरी नायब महानिरीक्षक सिलवालले आफू प्रहरी महानिरीक्षक हुन नसकी अन्याय भोग्नुपरेकाले अब राजनीतिको माध्यमबाट समाज सुधारमा लाग्ने प्रण गरे । रासस