काठमाडौं, पुस २५ । वरिष्ठ पर्यटन तथा होटल व्यवसायी गोविन्ददास श्रेष्ठको बुधबार निधन भएको छ ।
काठमाडौंको लाजिम्पाटस्थित होटल र्याडिसनका अध्यक्षसमेत रहेका ८७ वर्षीय श्रेष्ठको भारतको मुम्बईस्थित लिलावती अस्पतालमा उपचारक्रममा बुधबार बिहान निधन भएको हो ।
५० वर्षभन्दा बढी समय पर्यटन व्यवसायमा संलग्न रहेका श्रेष्ठका एक श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् ।
श्रेष्ठको पार्थिव शरीर भारतबाट नेपाल ल्याइ बिहीबार (भोलि) अन्तिम श्रद्धाञ्जलिका लागि होटल याडिसनमा राखिने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्