Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


‘वाम एकता स्वागतयोग्य, अहिलेपनि संघीयताविरोधी हौं’


0
Shares

शनिबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानका पक्षधर शक्ति एक हुनु राम्रो भएको भन्दै अहिले भएको वाम एकता स्वागतयोग्य रहेको बताएका हुन् ।

निर्वाचनमा मिलेर जानुपर्छ भन्ने भावनामात्रै होइन, अब दीर्घकालीन एकता आवश्यक रहेको उनले बताए ।

उनले भने–‘तत्काल कम्युनिष्ट एक भएर एउटै कम्युनिष्ट पार्टी निर्माण हुने देखिँदैन ।’

वाम एकतापछि कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक शक्ति पनि एक हुनलागेको भन्दै उनले राष्ट्रिय मुद्दामा सबै कम्युनिष्ट एक हुनुपर्नेमा जोड दिए ।

अहिलेपनि आफ्नो पार्टी संघीयताको विरोधी रहेको बताउँदै उनले स्थानीय तहको निर्वाचनलेमात्रै संघीयता स्थापित नहुने बताए ।

एमाले र माओवादी दक्षिणपन्थी रहेको बताउँदै उनले अब यसलाई वास्तविक कम्युनिष्ट बनाउन सकेमात्रै पार्टी एकतामा जान सकिने विचार राखे । रासस

Skip This