Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


नेपालको पहिचान हिन्दूराष्ट्र : कमल थापा


0
Shares

नेपाल सनातान धर्म संस्कृति संगठनको शनिबार राजधानीमा उद्घाटन गर्दै अध्यक्ष थापाले तत्कालीन समयमा संविधान जारी गर्दा हिन्दूराष्ट्रको पक्षमा आवश्यक संख्या पुर्‍याउन नसकिएकाले संविधानमा त्यसलाई समेट्न नसकिएको बताए ।

संविधान जारी हुनुअघि मतदान गर्दा आफ्नो दलको २५ सांसदमात्र हिन्दूराष्ट्रको पक्षमा रहेको बताउँदै उनले भने–‘नेपाल हिजो पनि हिन्दू राष्ट्रकारुपमा थियो, आजपनि छ, भोलि पनि रहिरहनेछ ।’

नेपाली समाजमा देखिएको सामाजिक सद्भाव तथा राष्ट्र र परिवारबीचको सम्बन्ध सनातन मान्यताका आधारमा कायम रहँदै आएको उनको भनाइ थियो ।

अध्यक्ष थापाले आफ्नो पार्टीले लिएको सर्वधर्म समभावसहितको हिन्दूराष्ट्रको वैचारिक दृष्टिकोणसँग निकट रहेका अन्य दलसँग सहकार्य र एकतासमेत हुनसक्ने बताए ।

नेपाली बाबाले नेपाल विश्वमा एकमात्र हिन्दूराष्ट्रकोरुपमा रहेको बताए ।

गुरु पद्माचार्य, बिन्दवासिनी आध्यात्मिक संघका अध्यक्ष केशव चौलागाइँ, हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्याय, नेपाल सनातान धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषलगायतले धार्मिक क्षेत्रमा राजनीतिक चेतना अभिवृद्धि गरी नेपाललाई धर्मसापेक्ष सनातन हिन्दूराष्ट्र बनाउनुपर्नेमा जोड दिए । रासस

Skip This