
दुबै कार्यदलले आफू टुंगोमा पुग्न नसकेको विषय शीर्ष नेताको तहमै लैजाने भएका छन् ।
लोकतान्त्रिक गठबन्धनको कार्यदल बैठकमा नेपाली कांग्रेसले बनाएको क्षेत्र निर्धारणसम्बन्धि प्रस्तावमा छलफल भइरहेको छ ।
बैठकमा नेपाली कांग्रेसले पाउने क्षेत्र र अरु दलले पाउने क्षेत्रबारे अवधारणामा छलफल चलिरहेको छ ।
अघिल्लो निर्वाचनमा जस्ले जितेको छ, उसैलाई दिने र प्रदेश नम्बर २ मा ५० प्रतिशत आफूले राखेर बाँकी अरु दललाई दिने प्रस्ताव कांग्रेसको छ ।
साझा न्यूनतम कार्यक्रम भोलिसम्ममा सार्वजनिक गर्ने तयारी कार्यदलको छ भने सीट संख्या २४ गतेसम्ममा टुंग्याई सक्ने बताइएको छ ।
समग्र अवधारणा भने आजै सार्वजनिक गरिने तयारी भएको कार्यदलका सदस्य सर्वेन्द्रनाथ शुक्लले जानकारी दिए ।
त्यस्तै बाम गठबन्धन कार्यदलको बैठकमा पनि निर्वाचन क्षेत्रको विषयमा छलफल चलिरहेको छ ।
कार्यदल सदस्य सुरेन्द्र पाण्डेका अनुसार क्षेत्र निर्धारणका विषयमा सामान्य छलफल भएपनि अहिलेसम्म कुनै निर्णय भएको छैन ।
बाम गठबन्धनले हिजै निर्वाचन क्षेत्र टुंग्याउने तयारी गरेपनि नमिलेका विषय शीर्ष तहमै पठाउने भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्