तेह्रथुम । तेह्रथुमको धार्मिक तथा पर्यटकीय स्थल चिचिलिङ पोखरीमा सडक विस्तारसँगै सवारी साधन सञ्चालनमा आउन थालेका छन् ।
फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारदेखि चिचिलिङ पोखरीसम्म सडक विस्तार भएसँगै सवारी साधन सञ्चालनमा आउन थालेका हुन् ।
सदरमुकाम म्याङलुङबाट करिब एक दिनको पैदल दूरीमा अग्लो डाँडाबीच रहेको यो पोखरी दृश्यावलोकन गर्ने र वनभोज खानेस्थलको रुपमा परिचित छ ।
तर अहिले सडक निर्माणका कारण यो क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ ।
पोखरी परिसरसम्म पुग्न गाउँपालिकाको केन्द्र पोक्लाबाङदेखि भ्यागुत्ते ढुंगासम्मको ४.२ किमी सडक निर्माण भएको हो ।
यहाँ घुम्न आउन चाहने पर्यटकलाई सहज होस् भनेर ट्रयाक ओपनसँगै ७ मिटर चौडाईको सडक निर्माण गरिएको फेदाप गाउँपालिकाका अध्यक्ष हरि चोङवाङले बताए ।









प्रतिक्रिया दिनुहोस्