
सोमबार राती भएको समुहको अन्तिम खेलमा कोसोभोलाई २-० ले हराउँदै आईसल्याण्ड विश्वकपमा छनौट हुने अहिलेसम्मकै सानो राष्ट्र बनेको छ ।
समुहबाट सिधै विश्वकपमा छनौट हुनेक्रममा आईसल्याण्डले विश्वकपका पुर्व सेमिफाईनलिष्टहरु क्रोएशिया र टर्कीलाई हराएको थियो ।
यो समुहमा दोस्रो भएको क्रोएसिया प्ले अफ्का लागि छनोट भएको छ ।
उता समुह डि बाट सर्विया सोझै विश्वकपमा छानिंदा नर्दन आयरल्याण्डले प्ले अफ्मा ठाउँ बनाएको छ ।
राती सर्वियाले जर्जियामाथि १-० को साँघुरो जित निकाल्दा रिपब्लीक अफ आयरल्याण्डले वेल्सलाई १-० ले हरायो । हारसँगै वेल्सको भने विश्वकप खेल्ने संभावना टुंगिएको छ ।
विश्वकप छनौट अन्तर्गत सोमबार राती भएका अरु खेलमा स्पेनले ईजराईललाई १-० ले हराउँदा ईटालीले अल्बानियामाथि १-० कै जित निकालेको छ ।
यो समुहबाट स्पेन सोझै विश्वकपमा छानिंदा ईटालीले प्ले अफ् खेल्नुपर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्