२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘ऐतिहासिक महत्व बोकेका अभिलेखहरुको संरक्षण गर्नु आवश्यक’


0
Shares

राष्ट्रिय अभिलेखालय ५० वर्ष पुगेको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वप्रमुख बलरामदास डंगोल, प्रकाश दर्नाल, सानुनानी कंसाकारलगायतलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सममान गरेका हुन् ।

कार्यक्रममा अभिलेखालयमा २५ वर्षसम्म काम गरेका कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राजनीतिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका अभिलेखहरुको संरक्षण गर्नु आवश्यक रहेको बताए ।

उनले अभिलेख संरक्षणका लागि बनेको ऐन पनि कार्यान्वयन गर्न निर्देशन दिने प्रतिबद्धता पनि जनाए ।