१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक संसद बैठकमा प्रस्तुत्


0
Shares

संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री यज्ञबहादुर थापाले प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक प्रस्तुत् गरेका हुन् ।

यस्तै, बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले प्रस्तुत् गरेको भाषा आयोग विधेयकमा परेका विरोधका सूचनाहरु बहुमतले अस्वीकृत भएको छ ।

बैठकमा उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण र वातावरण संरक्षण समितिका वार्षिक प्रतिवेदन पेस भएका छन् ।