
ती विमान उत्तर कोरियाली सीमा नजिकै पुगेको बताइन्छ । सैन्य अभ्यासका क्रममा विमान उडाइएको अधिकारीहरुको भनाइ छ ।
अमेरिकी बम बर्षक विमान उडाउनु अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा सल्लाहकारसँग छलफल गरेका थिए । उत्तर कोरियाको धम्कीको जवाफ कसरी दिने भन्नेबारे उनले छलफल गरेको बताइन्छ ।
अमेरिकी वायु सेनाको बी–१ बी र एफ–१५ के विमानले उडान भरेको हो । दक्षिण कोरियाले अमेरिकी विमान उडाइएको पुष्टि गरेको छ ।
दक्षिण कोरियाली र जापानी वायु सेनाका विमान पनि संयुक्त अभ्यासमा सहभागी भएको विभिन्न संचारमाध्यमले जनाएका छन् । उत्तर कोरियाका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्