२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


१६ जिल्लामा ६ अर्ब ८९ करोड रुपैयाँको ‘समृद्धि’ आयोजना संचालन


0
Shares

कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको सहयोगमा उद्योग मन्त्रालयद्वारा सञ्चालित परियोजना प्रदेश नम्वर १ का ७ तथा प्रदेश नम्बर २ का ९ गरी १६ जिल्लामा लागु भएको हो ।

वित्तीय समावेशी पहुँच रणनीति, मूल्य शृङ्खला सुदृढीकरणका क्षेत्रमा काम गर्ने आयोजनाले लोक्ता, अल्लो, अलैंची, अदुवा, बेसार, बाख्रापालन, आँप, केरा, जुट, तोरी, सुन्तला, जुनार खेति र बजार प्रबद्र्धनलाई प्राथमिकतामा राखेको छ ।

सन् २०२२ सम्म सञ्चालन हुने आयोजनाले क्षमता विकास, लघु उद्यम प्रबद्र्धन, ग्रामीण वित्त कामदारको सीप तथा स्रोत परिचालन जस्ता क्षेत्रमा ६ अर्ब ८९ करोड रुपैयाँ लगानी गर्ने जनाइएको छ ।

परियोजनामा नीजि क्षेत्रको १३ दशमलव ७, सरकारको ९, सेवाग्राहीको ७ प्रतिशत र बाँकी दातृ संस्थाको ऋण र अनुदान रहने कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका पूर्वाञ्चल संयोजक लोकेन्द्रबहादुर रावलले जानकारी दिए ।