Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त


0
Shares

काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बर्खास्तगीपछि निमित्तको भरमा चलेको निगमलाई नेतृत्व दिन वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धा गराएको थियो ।

जसका लागि १२ जनाले आवेदन दिएका थिए । १२ जनाबाट ५ जनाको नाम सर्टलिस्टमा राखेको आपूर्ति मन्त्रालयले अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेलको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्ले पौडेललाई कार्यकारी निर्देशकमा चयन गरेको हो । पौडेल उदयपुर सिमेन्टका महाप्रबन्धक हुन् । उनले उदयपुर सिमेन्टमा तीन वर्षे कार्यकाल पूरा गरेका थिए ।

Skip This