पार्टीको सभापति आफू रहने जानकारी दिँदै उहाँले अन्य सदस्यका नाम भने खुलाउन चाहनुभएन । निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएपछि आफूहरू चुनावी अभियानमा लाग्ने उहाँले बताउनुभयो ।
लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने घोषणा पनि गर्नुभएको छ । तर निर्वाचनमा ‘राइट टु रिकल’को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उहाँले बताउनुभयो ।