Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


कांग्रेसको केही जिल्लामा आज पुनः मतदान हुँदै, ललितपुर जिल्लामा मतदानस्थलमा नाराबाजी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत केही जिल्लाको अधिवेशन जारी रहेको छ । केही जिल्लाको अधिवेसन सम्पन्न भएको छ । हिजो भएको निर्वाचनमा प्रत्यासीहरुले आवश्यक मत नल्याएपछि आज पुन

एमाले महाविधेवशन : तेस्रो दिन

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तेस्रो दिन आज अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दै हुनुहुन्छ ।

कांग्रेसमा थप कसिलो बन्दै गुट–उपगुट, रोचक बन्दै नेतृत्व चयन

अहिलेसम्म प्राप्त मतपरिणामले कांग्रेसभित्र गुटगत राजनीति झन् कसिलो बन्ने देखिएको छ । गुट अदलबदल तीव्र भइरहँदा महाधिवेशनमा देखिने समीकरण र सम्भावना थप रोचक बन्दै गएको छ ।

एमालेको बन्द सत्र सौराहमा जारी, सहमतिमा जोड दिन अध्यक्ष ओलीको आग्रह

विहान १० बजे नै सुरु हुने भनिएको बन्दसत्र सहमतिमा नेतृत्व चयन गर्ने भन्दै नेताहरू छलफलमा जुटेपछि ढिला गरी सुरु भएको हो ।

एमालेले सहमतिमा महाधिवेशन समापन गर्ने

केही सञ्चारमाध्यममा महाधिवेशन लम्बिने चर्चा चलिरहेको अवस्थामा उहाँले पार्टी तोकिएको समयमा अर्थात मंसिर १२ गते नै समापन हुने बताउनुभयो ।

मलाई आजकल आरामले खाना रुच्छ, मीठो निन्द्रा लाग्छ : अध्यक्ष ओली

‘मलाई आज ढुक्क र सन्तोष लागेको छ, आरामले खाना रुच्छ, मीठो निन्द्रा लागेको छ,’ उहाँले भन्नुभयो, ‘किनभने म तपाईंहरुलाई अगाडि देख्छु ।’

सीपीसीले भन्यो– ‘एमालेले विकासको मार्ग पहिल्याउँदै उल्लेखनीय उपलब्धि हासिल गर्यो’

राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि विकास र समझदारीका क्षेत्र र दुईपक्षीय सम्बन्धमा थप उचाइको सम्बन्ध स्थापित भएको सन्देशमा उल्लेख छ ।

एमालेको महाधिवेशनमा विचार र बहसलाई स्थान नदिएको अध्यक्ष दाहालकाे आरोप

चितवनमा जारी एमालेको दशौं महाधिवेशनमा विचार र बहसलाई कुनै ठाउँ नदिइएको उहाँको टिप्पणी थियो ।

एमालेको बन्दसत्र सुरु

अध्यक्ष केपी शर्मा ओली बैठकस्थल सौराहको होटल सेभेन स्टारमा केहीबेरअघि प्रवेश गरेसँगै बन्द सत्र सुरु भएको हो ।

महाधिवेशनबाट नेतृत्व बदल्ने कुरा मुख्य हो : गगन थापा

नागरिकलाई देश बदलिन्छ र अब राम्रो हुन्छ भन्ने विश्वास र भरोसा चाहिएको उल्लेख गर्दै कांग्रेसमा त्यो भरोसा दिनसक्ने नेतृत्व चाहिएको उहाँको भनाइ छ ।