Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


माछा बोक्ने ड्रममा १२६ किलोग्राम गाँजा, दुई जना पक्राउ

पुर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीमा १ सय २६ किलो गाँजा भेटिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख निमल थापाले जानकारी दिनुभयो

प्रहरी भर्ना रोक्न माग गर्दै संघीय सरकारविरुद्ध सर्वोच्चमा रिट

शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ मुद्दा दायर गरिएको बताउनुभयो ।

नुहाउने क्रममा डुबेर मृत्यु

जिल्लाको साईपाल गाँउपालिका–२ का १७ वर्षीय कलकबहादुर बोहराको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तीन जना एआईजी थप गर्ने सरकारकाे निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी थप गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

प्य्राङ्कस्टार आकाश सेढाईं पक्राउ, सात दिन हिरासतमै राखिने

सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा प्य्राङ्कको नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरू समेटेर तयार गरेको गोप्य भिडियो युट्युबमा राखेकाले उनलाई प्रक्राउ गरिएको

हत्या आशंकामा डडेल्धुराबाट तीन जना पक्राउ

हिजो डडेल्धुराको आलिताल गाउँपालिका–४ को सडकमा बेहोस अवस्थामा फेला परेका ४० वर्षीय बसन्त सिजापतिको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

झापाको चाउचाउ उद्योगमा लागेको आगो १० घण्टापछि नियन्त्रणमा

दाहालका अनुसार उद्योग परिसरमा भएका मुख्य तीन वटा भवनमध्ये एउटा कार्यालय भवन मात्र बचेको छ । बाँकी दुई वटा भवन जलेर नष्ट भएको तथा उद्योगका सबै प्लान्टहरू ध्वस्त भएका छन्

‘डा. क्रिस्टिना’ बनेर प्रतिव्यक्ति १४ लाख ठग्ने कान्ति राना पक्राउ

उनले युएनको कर्मचारी भनेर नक्कली भिजिटिङ कार्ड समेत बाँड्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनले एकजनाबाट १४ लाख ठगेको उजुरी महानगरीय प्रहरी वृत्त स्वयम्भूमा दर्ता भएको छ ।

स्रोत नखुलेको ७० लाख रुपैयाँसहित नुवाकोटका ढुंगाना पक्राउ

महानगरको वडा नम्बर १६ बालाजुस्थित बाइपासबाट स्रोत नखुलेको नगद ६९ लाख ९९ हजार रुपैयाँसहित नुवाकोट एक व्यक्ति पक्राउ परेका हुन् ।

दाङ प्रहरीद्वारा ७ किलो चरेशसहित दुईजना पक्राउ

उनीहरूलाई आइतबार राति साढे ११ बजे दलबहादुर कामीको कोठाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।