Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


अष्टलक्ष्मी शाक्य बागमती प्रदेशमा एमाले संसदीय दलकाे नेता चयन

यसअघि संसदीय दलका नेता रहेको मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिनुभएको थियो । शाक्य अब बागमती प्रदेशको मुख्यमन्त्री बन्ने नेताहरूले बताएका छन् ।

कारबाही कार्यान्वयन नगर्न नेपाल पक्षका १४ सांसदद्वारा संसद् सचिवालय पत्र

एकपक्षीय बैठक बसेर कारबाही गर्ने अधिकार नभएको पत्रमा लेखिएको छ । कारबाही प्रक्रिया अवैधानिक भएको भन्दै नेपाल समूह संसद् सचिवालय गएको हो ।

अध्यादेशविरुद्ध ओली पक्षीय युवा संघको प्रदर्शन, प्रहरीमाथि ढुङ्गामुढा

युवासंघ नेपालले ‘नेकपा एमाले जिन्दावाद’, ‘मापसे सरकार मुर्दावाद’, ‘दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर’ जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका हुन् । युवासंघले प्रदर्शनको क्रममा प्रहरीमाथि ढुङ्गामुढा समेत गरेको थियो ।

एमाले फुटको डिलमा पुग्यो– माधव नेपाल

एमालेलाई विभाजनको दिशामा लैजाने काम केपी ओलीले गरिरहेको भन्दै नेता नेपालले ओली अहंकारको घोडामा सवार भएको टिप्पणी गर्नुभयो ।

माधव नेपालसहित १४ सांसद् कारबाहीमा, पदमुक्त गर्न संसद् सचिवालयमा पत्र

यस्तै निर्वाचन आयोगमा समेत १४ सांसद्लाई कारबाही गराएको विषय जानकारी गराइएको बैठकमा सहभागी एक सांसद्ले जानकारी दिनुभयो ।

आफ्नो पक्षमा ४० प्रतिशत रहेको माधव नेपाल पक्षको दावी, एकता कार्यदलमा नेताले गरे अध्यादेशको आलोचना

काठमाडौं, भदौं १ । सरकारले दल विभाजन अध्यादेश ल्याएपछि विभाजनको डिलमा पुगेको नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले आफ्नो पक्षमा ४० प्रतिशत मत रहेको निचोड निकालेको छ । काठमाडौंको

लुम्बिनी प्रदेशका दुई सांसद्लाई पदमुक्त गर्न एमालेको पत्र

खत्री एमाले नेता उत्तरकुमार ओलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित हुनुभएको थियो ।

अन्तिम पर्खाइमा छौं, एकताका ढोका बन्द भए पार्टी पुनर्गठन गर्छौं– माधवकुमार नेपाल

नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको अत्याचार सहने स्थिति नभएको भन्दै ओलीले एकलौटी रुपमा गतिविधि गरिरहेको आरोप लगाउनुभयो । उहाँले आफूहरू लुरुक्क परेर जाने स्थिति नभएको स्पष्ट पार्नुभयो ।

पार्टीको विधानमा युवा पुस्तालाई समावेशी बनाउन पहल गर्छु– ईश्वर पोखरेल

शनिबार सुनिता बरालद्वारा लिखित ‘समृद्धिप्रतिको संकल्प’ नामक पुस्तकको विमोचन गर्दै उहाँले पार्टी भित्र नेतृत्वको रिक्तता हुन नदिन पनि युवा÷तन्नेरी पुस्तालाई विधानमै समावेशी बनाएर लैजानुपर्ने आवश्यकता भएको पनि स्पष्ट पार्नुभयो ।

गण्डकीमा एमालेले बनायो छायाँ सरकार, ११ मन्त्रालय हेर्न ९ संसदीय समूह

मन्त्रालयमा हुने गतिविधिलाई निगरानी गरी प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउनका संसदीय समूह बनाएको उहाँले बताउनुभयो ।