काठमाडौं । आउँदो वैशाखमा नेपालमा एसिसी प्रिमियर कप हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले नेपाललाई आयोजनाको जिम्मा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) प्रतियोगिताको तयारीमा जुटेको हो ।