Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


बागमती प्रदेशका यातायात कार्यालयका फरक–फरक नियमले सेवाग्राही अन्योलमा

काठमाडौंको सानोभर्याङमा रहेको यातायात व्यवस्था कार्यालय र ठूलोभर्याङमा रहेको कार्यालयले बिलबुक नविकरण शुल्क लिने वा नलिने भन्ने विषयमा फरक–फरक निर्णय गर्दा सेवाग्राहीरूमा अन्योलता बढेको हो ।

बुटवलमा कालीगण्डकी–तिनाउ डाइभर्सनको कार्यालय स्थापना

पाल्पा र स्याङ्जाको संगमस्थल राम्दीभन्दा साढे दुई किलोमिटर तल ड्याम निर्माण गरी २७ किलोमिटर सुरूङ हुँदै पाल्पाको तिनाउ–२, दोभानहुँदै तिनाउमा पानी खसालेर सिँचाइसँगै जलविद्युत उत्पादन गर्ने सरकारको योजना छ ।

स्वास्थ्य केन्द्रमा कार्यरत महिला जङ्गलमा मृत भेटिइन्, अनुहारमा नीलडाम र टाउकोमा चोट

परशुराम नगरपालिका–८ स्थित केन्द्रकी कार्यालय सहयोगी २४ वर्षीया अस्मिता धामीको शव फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।

धनकुटामा निषेधाज्ञा कडा, बैंकहरू हप्तामा तीन दिन तीन घण्टा मात्र खोल्न पाइने

डिसीसीएमसीको बैठकले जिल्लामा कोभिड संक्रमण तीव्र रूपमा फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञा कडा बनाएको प्रमुख जिल्ला अधिकारी बासुदेवा दाहालले जानकारी दिनुभयो । निषेधज्ञा समयभर अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द रहनेछन् ।

मेलौली नगरपालिकाले बार अनुसार सेवा दिने

आइतबार १, सोमबार २ र ३, मंगलबार ७, बुधबार ४ र ५, बिहीबार ६ र ९ तथा शुक्रबार ८ नम्बर वडाका नागरिकलाई सेवा दिइने नगरपालिकाले जनाएको छ ।

कांग्रेसका १ सय ५९ नेतामध्ये २८ जनाको पीसीआर रिपोर्ट आउन बाँकी

भोलि बस्ने केन्द्रीय कार्यसमितिको बैठकका लागि कांग्रेसले केन्द्रीय कार्यसमिति सदस्य र कार्यालयका सदस्यहरूको पीसीआर परीक्षण गर्ने निर्णय गरेको थियो ।

चितवनको सात ठाउँमा जनगणना कार्यालय स्थापना

भरतपुर महानगरपालिका अन्तर्गत भरतपुर–१० को तथ्याङ्क कार्यालय, भरतपुर–६ को गितानगर र भरतपुर–२० वडा कार्यालयको भवन नयाँबजारमा स्थानीय जनगणना कार्यालयको स्थापाना गरिएको हो ।

रसुवामा राष्ट्रिय जनगणनाको तयारी सुरु, कार्यालय स्थापना

सुपरिवेक्षकहरुलाई आगामी बैशाख १६ देखि २२ गतेसम्म तालिम प्रदान गरिने धितालले बताउनुभयो । बैशाख २६ देखि जेठ १४ सम्म घरपरिवार सुचीकरण कार्य गरिने भएको छ । जेठ १७ देखि २२

न्यूयोर्कमा जिपीके फाउन्डेसन कार्यालयको उदघाटन, ३५ जना सक्रिय समाजसेवीलाई सम्मान

न्यूयोर्क । गिरिजा प्रसाद कोइराला फाउण्डेशन(जिपीके फाउन्डेसन) अमेरिकाको कार्यालय शनिवार एक समारोहकाबीच उदघाटन गरिएको छ । महम्मद रहमन–डिस्ट्रीक एटोर्नी क्वीन्स काउन्टीका समुदाय संयोजकले रिबन काटेर कार्यालयको उद्घाटन गर्नुभएको हो ।