२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सरकारसँग १३ बुँदे सहमति भएपछि ‘इनफ इज इनफ’ अभियन्ताले तोडे अनशन

काठमाडौं । ‘इनफ इज इनफ’ अभियानका अनसनरत अभियन्ताहरुले २३ दिन पछि आज(आइतबार) अनशन तोडेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवत्ता डा.समीर अधिकारीले जलपान गराई अनशन तोडाउनु भएको हो ।