काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बढेको शीतलहर र चिसोले कैलाली र कञ्चनपुरलगायत जिल्लाका बासिन्दा प्रभावित भएका छन् । विशेषगरि वृद्धवृद्धा, बालबालिका तथा ज्यालादारीमा काम गर्ने मजदुरको जनजीवन कष्टकर बनेको हो ।