काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसीहरु पढ्दैनन् भन्ने भाष्य चिर्न आवश्यक रहेको बताउनुभएको छ । आइतवार ४२ औं बिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस केन्द्रिय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभापति देउवाले काँग्रेसले पढ्दै पढ्दैनन् भन्ने भनाइ रहेको भन्दै पुस्तकालय शुभारम्भ भएसँगै काँग्रेसीहरुले अध्ययन गर्ने बानी…