काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताउनुभएको छ । भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदूतावासमा बिहीबार प्रवासी नेपालीहरुसँगको भेटवार्ताका क्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । मन्त्री शर्माले संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले पहिलो विदेश भ्रमण भारतबाट नै सुरु गर्ने र अप्रिल महिनासम्ममा भ्रमण…